Loading... आजः ९ श्रावण २०७८, शनिबार
राजनीति

को हुन् ज्ञानेन्द्रलाई नागार्जुन र ओलीलाई बालकोट पुर्‍याउने खतरनाक खेलाडी ?

ओलीले न त नेकपाको एकता कायम राख्न सके न त अदालतले ब्युँताएको एमालेलाई नै एक ढिक्का वनाएर अघि बढ्न सके । उनका राष्ट्रवादी छवी पनि नाङ्गेझार भएको छ ।
को हुन् ज्ञानेन्द्रलाई नागार्जुन र ओलीलाई बालकोट पुर्‍याउने खतरनाक खेलाडी ?

बाँके । दुईपटक प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री निवास बालुवाटारबाट बालकोट सर्दैछन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको आदेशपछि ओली गलेका छन् । चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखान यतिबेला ओलीको सन्दर्भमा चरितार्थ भएको देखिन्छ ।

माधवकुमार नेपाल र झलनाथ खनालहरुको आन्तरिक विवादका कारण नेकपा एमालेमामा चरम गुटवन्दी छ । नेताहरु विच एक अर्कोलाई दोसारोपण गर्ने र भनाभन गर्ने क्रम निरन्तर जारी छ । वरिष्ठ नेता नेपाल थोरै वोल्छन् र अरुलाई विझाउने शब्द कमै मात्र प्रयोग गर्छन् । उनको अभिब्यक्ति धेरै आक्रामक छैनन् ।

तर, अध्यक्ष केपी ओलीका शब्दले भने सवैलाई फत्रक्क गलाउँछ । उनका अभिब्यक्ति मुटुमा विझ्ने खालका हुन्छन् । यतिसम्म की, ओलीले माधव नेपाललाई ‘हैसिय नै नभएको’ ब्यक्ति सरह ब्यवहार गर्दै आएका छन् । हुँदा हुँदा ओलीले नेपाललाई ‘प्रचण्ड र शेरवहादुर देउवाको मामुली कार्यकर्ता’ भन्न समेत भ्याई दिए ।

गत असार १४ गते स्वर्गीय नेता मदन भण्डारीको ७०औ जन्मदिनका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा त ओलीले माधव नेपाललाई सामान्य नागरिकको हैसियमा समेत राखेनन् । ‘ओलीले नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको’ भन्दै सुरु भएका चर्चाको प्रसंगमा उनले भनेका थिए–‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही मान्छे नभेटाएर यस्ता मान्छे (माधव नेपाल)लाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’

उनले नेपाललाई प्रचण्डको पुच्छर भन्नसम्म वाँकी राखेनन् । ‘एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन् । जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने पुच्छर पूर्वतिर लाग्छ,’ भन्दै नेता नेपालको आलोचना गरे । समग्रमा भन्दा ओलीले अहिलेसम्म नेपाललाई अपमान मात्रै गरेको देखिन्छ । तर, उनको स्वभाव, काम गर्ने शैली र अहिलेसम्म देखिएको अडानलाई हेर्ने हो भने नेता नेपाल ओलीले वुझाएजस्ता भने पक्कै पनि होइनन् ।

उनको चट्टानी अडानका कारण नेपाललाई पटमुर्खजस्तो देखिन सक्छ । तर, त्यहि अडान र धैर्यता उनको हतियार हो । यहि हतियार प्रयोग गरेर उनले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुन पुर्याए । ०६१ माघ १९ मा एक शाही घोषणामार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ताको नेतृत्व आफनो हातमा लिए । उनको सक्रिय शासन गर्ने महत्वकांक्षाले राजतन्त्रविरोधी मत बनाउन र फरकफरक कित्ताका दलहरुलाई एकै ठाउँमा उभ्याउन सहज बनायो ।

तत्कालीन नेकपा माओवादी र ज्ञानेन्द्रको ‘कु’सँगै शासन सत्ताबाट बाहिरिएका संसदीय दलहरुबीच १२ बुँदे सहमति भयो । यसमा नेपालमा राजतन्त्र अन्त्य र गणतन्त्र कार्यान्वयनको वैधानिक र सर्वस्वीकृत बाटो पहिल्याइएको थियो । ०६२ मंसिर ७ मा भएको सो सम्झौताको पहिलो बुँदामा नै भनिएको थियो, ‘निरंकुश राजतन्त्र अन्त्य गरेर पूर्ण लोकतन्त्र स्थापना नगरेसम्म देशमा शान्ति, प्रगति र समृद्धि सम्भव छैन भन्ने हाम्रो स्पष्ट धारणा छ ।’

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेस (प्रजातान्त्रिक)का कार्यवाहक सभापति गोपालमान श्रेष्ठ, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का उपाध्यक्ष भरतविमल यादव, संयुक्त वाममोर्चाका अध्यक्ष कृष्णदास श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सम्झौतामा हस्ताक्षर गरे ।

यो सम्झौता गर्नमा नेता नेपालको भूमिका महत्वपूर्ण थियो । १२ वुँदे सम्झौतामा नेता नेपालको भुमिका अझ वढी देखिएको थियो । सहमतिलाई ०६२ चैत २४ देखि जारी दोस्रो जनआन्दोलनले देशव्यापी स्वीकार्यता दियो। दलहरुकै आह्वानमा सडकमा लाखौं जनता उत्रेर तत्कालीन राजा ज्ञानेन्द्रलाई घुँडा टेकाए । सडकमै गणतन्त्रको नारा घन्कियो। अन्ततः राजतन्त्रको अवसान भयो ।

०६४ पुस १३ मा दलहरुले अन्तरिम संविधानमा तेस्रो संशोधन गरी नेपाललाई ’संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ बनाए । संविधानसभाको निर्देशनमा तत्कालीन राजा ज्ञानेन्द्रले कुनै प्रतिवाद गरेनन् । बरु सहज बहिर्गनको बाटो लिए । उनी करिब ७ वर्ष राजाको हैसियतमा रहे। उनी ०५८ जेठमा तत्कालीन राजा तथा उनका दाजु वीरेन्द्रको वंश नाश भएपछि राजा बन्न पुगेका थिए ।

नेता नेपाल अहिलेसम्म पनि लगभग उस्तै अवस्थामा थिए। ओलीको अपमान सहेरै बसे । यसको मतलव उनी निरिह वने भन्ने पक्कै पनि होइन । उनको अडान र शान्त स्वभाव ओलीका लागि सधैं विझाई रह्यो । ओलीले नेपाललाई गलाउन हदैसम्मका उपायहरु अवलम्वन गरे । तर, अहिले ओली आफै रक्षात्मक अवस्थामा पुगेका छन् । नेता नेपालको अडानकै कारण ओली पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याउन वाध्य भए ।

सोहि अनुसार शुक्रवारका लागि केन्द्रीय कमिटी बैठक बोलाईएको छ। तर, नेपाल पक्षले भने ओली पक्षधरले गरेको निर्णय जेठ २ को अवस्थामा पुर्याउने नभई अन्यत्रै पुर्याउने नियतले भएको भन्दै त्यसलाई अस्विकार गरेको छ । जेठ २ को अवस्था भनेपनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएकाले शुक्रवारको वैठकमा सहभागि नहुने निर्णय गरिएको उपाध्यक्ष अष्टलक्ष्मी साक्य वताउँछिन् ।

अहिले आएर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली चाहिँ पट्मुर्खजस्तो देखिन थालेका छन् । ओलीले न त नेकपाको एकता कायम राख्न सके न त अदालतले ब्युँताएको एमालेलाई नै एक ढिक्का वनाएर अघि बढ्न सके । उनका राष्ट्रवादी छवी पनि नाङ्गेझार भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली यतिवेला एमाले नेता तथा कार्यकर्ताको अगाडि पटमुर्खजस्तो देखिएका छन् ।

यता, माधव नेपाल आफ्नो सान्त, भद्र र सन्तुलित ब्यक्तित्वले ज्ञानेन्द्रलाई घुँडा टेकाउन सफल भए भने अहिले ओलीलाई हरेक कृयाकलापमा घुँडा टेकाउँदैछन् । ओलीले चालेका हरेक कदम असफल हुदै जानुलाई नेपालको सफलताका रुपमा वुझ्न थालिएको छ भने केपी ओलीलाई बालकोट र ज्ञानेन्द्र शाहलाई नागार्जुन पुर्याउने खतरनाक खेलाडीको नाममा माधव नेपालको नाम दर्ज भएको माधव पक्षीय नेताहरुको भनाई छ ।
र्‍