महान्यायाधीवक्ता बडालको राजीनामा स्वीकृत

भर्खरै

काठमाडौं । महान्यायाधीवक्ता रमेश बडालको राजीनामा स्वीकृत भएको छ।

सर्वोच्चले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै उनले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका थिए।

प्रधानमन्त्रीमार्फत् महान्यायाधीवक्ता बडालले नेपालको संविधानको धारा १५७ को उपधारा ४ को खण्ड क बमोजिम आजैदेखि लागू हुने गरी महान्यायाधीवक्ता पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।