नाबालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

भर्खरै

बझाङ । बझाङमा नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन ।

असार १८ गते गाँउकै एक ५ वर्षिया नावालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा जयपृथ्वी नगरपालिका वडा नं. ७ का ६१ वर्षिया जगदिश जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

जोशीले गत असार १८ गते वालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा २७ गते आइतबार घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

नावालिकालाई जवजस्तीकरणी गरेको भन्दै नावालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा जवजस्तीकरणीको मुद्धा दर्ता गराएका छन ।

घटनाको बारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभएको छ ।