कोरोना कहर

नेपालमा पछिल्लो २४ घण्टामा थप २३७० संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ४ सय ३३ जनामा संक्रमण

भर्खरै

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार पीसीआर र एन्टिजिन गरी ११ हजार ५ सय ८४ जनामा गरिएको परीक्षणमा करीब २०.४५ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो ।

सोमबार काठमाडौं उपत्यकामा ४ सय ३३ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंका २ सय ८९ , ललितपुरका ९० र भक्तपुरका ५४ जना रहेका छन् ।

उपत्यका पछि झापा, मोरङ्, सुनसरी, चितवन कास्की , वाग्लुङ् र गुल्मीमा बढी संक्रमित भेटिएका छन् । परीक्षणको तुलनामा गण्डकी, कर्णाली प्रदेशमा बढी संक्रमण देखिएको छ ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संखया ९ हजार ४०० पुगेको छ ।

यस अवधिमा १ हजार ५ सय ३३ जनाले संक्रमण जितेका छन् । संक्रमणवाट थप १८ जनाको मृत्यु भएको छ । हाल सम्म ९ हजार ४ सय जनाको मृत्यु भएको छ । हाल देशभर २६ हजार ७ सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमा २३ हजार ९ सय ४७ जना होम आइसोलेसनमा र २ हजार ७ सय ६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ५ सय ४९ जनाको आइसियू र १ सय ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र मकवानपुर जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् ।