Loading... आजः ९ श्रावण २०७८, शनिबार

भारतमा थप ४१ हजार संक्रमित, ८९८ जनाको मृत्यु

भारतमा थप ४१ हजार संक्रमित, ८९८ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ४१ हजार ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ८९८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा ४१ हजार ४६३ संक्रमित निको भइ घर फर्किएका छन् ।

पछिल्लो समयमा निको हुने संक्रमितको संख्या बढ्दै गइरहेको छ । हरेक दिन औषतमा ४० हजार मानिस निको हुँदैछन् ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार  हालसम्म भारतमा कोरोना संक्रमणबाट ४ लाख ७ हजार १४५ जनाले ज्यान गुमाएका छन् भने ३ करोड ७ लाख ९५ हजार ७१६ जनामा संक्रमण पुष्टि भएको छ ।