Loading... आजः ९ श्रावण २०७८, शनिबार

एमाले कार्यदलको बैठक आज बस्दै, एकताको सहमती टुङ्गो लगाइने

एमाले कार्यदलको बैठक आज बस्दै, एकताको सहमती टुङ्गो लगाइने

काठमाडौं । नेकपा एमाले पार्टी भित्रको समस्या समाधान गर्न गठित कार्यदलले आज औपचारिक रुपमा पार्टी भित्र समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने बताएको छ।

शनिबारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै संस्थापन पक्ष कार्यदलका संयोजन सुवास नेम्बाङले भन्नुभयो, ‘हामीले साह्रै मेहनतका साथ काम टुङ्ग्याए बराबर छ। आइतबार विहान ८ बजे तपाईहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ।’

अर्का कार्यदल सदस्य गोकर्ण विष्टले पनि समस्या लगभग समाधानको अबस्थामा पुगेको र अब त्यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताउनुभयो।