Loading... आजः ९ श्रावण २०७८, शनिबार

एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक

एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक

काठमाडौं । नेकपा एमाले एकता कार्यदलको वार्ता सहमति नजिक पुगेको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा तीन घण्टादेखि जारी वार्ता सहमतिनजिक पुगेको नेपाल पक्षीय वार्ता टोली सदस्य रघुजी पन्तले जानकारी दिनुभयो ।

‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’

मस्यौदामा उठेका बुँदामा पार्टीका नेताहरूले राखेका धारणा र सुझावलाई राखेर पूर्ण बनाउने काम भइरहेको पन्तको भनाइ छ ।

कार्यदलका सदस्यहरू आफ्ना नेताहरूप्रति उत्तरदायी हुने भएकाले वार्तामा भएका सहमतिमा नेताहरू पनि सहमत हुने उहाँको विश्वास छ ।