Loading... आजः ९ श्रावण २०७८, शनिबार

थपिए २२३९ संक्रमित, २० जनाको मृत्‍यु

थपिए २२३९ संक्रमित, २० जनाको मृत्‍यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार पीसीआर र एन्टिजिन गरी ११ हजार ३ सय १३ जनामा गरिएको परीक्षणमा करीब १९ दशमलव ७९ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो ।

काठमाडौ उपत्यकामा ३ सय ८० जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौका २ सय ६१, ललितपुरका ७४ र भक्तपुरका ४५ जना रहेका छन् । उपत्यका पछि झापा, मोरङ्, सुनसरी, मकवानपुर, चितवन र कास्कीमा बढी संक्रमित भेटिएका छन् ।

परीक्षणको तुलनामा गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा बढी संक्रमण देखिएको छ । यस अवधिमा १ हजार ३ सय १६ जनाले संक्रमण जितेका छन् ।

पछिल्ला दिनमा संक्रमण मृतकको संख्यामा भने केही कमी आएको छ । हालसम्म नेपालमा कूल संक्रमितको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ भने ६ लाख १६ हजार ९ सय २९ जनाले संक्रमण जितेका छन् ।

कूल संक्रमित संख्याको ९४ दशमलव ५ प्रतिशत व्यक्ति संक्रमणमुक्त भएका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ९ हजार ३ सय ४० पुगेको छ । हाल देशभर २६ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमा २३ हजार ९ सय २० जना होम आइसोलेसनमा र २ हजार ६ सय ७० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।ती मध्ये ५ सय ३९ जनाको आइसियू र १ सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र मकवानपुर जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् ।