Loading... आजः १२ श्रावण २०७८, मंगलवार

उपत्यकामा ४२७ सहित १८७५ जना संक्रमित थपिए

उपत्यकामा ४२७ सहित १८७५ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५ सय ४ परीक्षण जनामा परिक्षण गर्दा १८७५ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार देशभर ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा पुष्टि भएको छ ।

उपत्यकामा थप ४२७ जना संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा १८७, ललितपुरमा ८२ र भक्तपुरमा ५८ जना संक्रमित थपिएका हुन् ।

२४ घण्टामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।

त्यस्तै, थप १ हजार २८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ ।