विश्वमा पछिल्लो २४ घन्टामा कोरोनाबाट ८ हजार बढिको मृत्यु, सबैभन्दा बढि कहाँ ?

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार २१५ जनाको मृत्यु भएको छ । यो संगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख १७ हजार १९८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी ब्राजिलमा १ हजार ५९५ जनाको मृत्यु भएको छ । साथै ५४ हजार २२ जना संक्रमित थपिएका छन् । यो संगै ब्राजिलमा कोरोना संक्रमित हुनेको संख्या १ करोड ८९ लाख ९ हजार ३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा ८१४, रुसमा ७२५, कोलम्बियामा ५५९, अर्जेन्टिनामा ४५६, इन्डोनेसियामा १ हजार ४०, दक्षिण अफ्रिकामा ४११, बंगलादेशमा २०१, अमेरिकामा २३०, मेक्सिकोमा २६९ जनाको मृत्यु भएको छ ।

विश्वमा अहिले सम्म कोरोनाको कुल संक्रमित १८ करोड ५८ लाख २१ हजार ७७३ पुगेको छ ।