डम्बर र हरिशले मिठाई चोरेपछि…

भर्खरै

कञ्चनपुर । भीमदत्त नगरपालिका–१० भुजेलास्थित दर्शन बेकरिज एण्ड सप्लायर्सबाट मिठाईका ३० पेटी चोरी गरेर फरार रहेका दुईजनालाई बझाङको बित्थडचिर गाउँपालिका–२ बाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय डम्बर खडका र १९ वर्षीय हरिश खड्काले रहेका छन् । उनीहरुले १५ पेटी सोनपापडी र १५ पेट पेडा मिठाई चोरेको आरोप छ ।

बझाङस्थित घरबाट उनीहरुलाई चोरी गरेको समानसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक सिद्धराज न्यौपानेका अनुसार गत शनिवार मिठाइ चोरी गरेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बझाङको समन्वयमा मंगलबार पक्राउ गरिएको हो । उनीहरुलाई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको न्यौपानेले बताए ।