Loading... आजः २१ श्रावण २०७८, बिहीबार

भारतीय अभिनेता दिलिप कुमारको निधन

भारतीय अभिनेता दिलिप कुमारको निधन

एजेन्सी । भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको छ।

लामो समयदेखि बिरामी रहेका दिलीपको ९८ बर्षको उमेरमा आज बिहान साढे ७ बजे निधन भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।

घरमै उपचार गराउँदै आइरहेका दिलीपको स्वास्थ्य अवस्था अचानक बिग्रन थालेपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो। उनलाई फोक्सोमा संक्रमण देखिएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धेरै पटक अस्पतालमा भर्ना गरिएको थियो।