Loading... आजः २१ श्रावण २०७८, बिहीबार

रूसी विमान दुर्घटना, बच्चासहित २९ को अवस्था अज्ञात

रूसी विमान दुर्घटना, बच्चासहित २९ को अवस्था अज्ञात

एजेन्सी । मंगलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जनाएको छ । प्रारम्भीक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालकदलका सदस्य र २२ जना यात्रु थिए ।

रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मंगलबार अपरान्ह रार्डरसँग सम्पर्क विच्छेद भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महा–निर्देशनालयले जानकारी दिएको छ । विमानबारे थप जानकारी संकलन भइरहेको रूसी प्रशासनले जनाएको छ ।