एमाले कार्यदलको बैठक आज पनि बस्दै, पार्टी विवाद मिलाउन ओली पक्ष लचक

भर्खरै

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल ब्युताउन सहमत भएपछि हिजो पनि नेताहरुबिच छलफल भएको थियो ।

कार्यदलमा संस्थापन पक्ष र माधव नेपाल–झलनाथ खनालको असन्तुष्ट पक्षका पाँच–पाँच जना सदस्य रहेका छन् ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल हुनुहुन्छ भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त हुनुहुन्छ ।

गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो ।

प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएलगत्तै एमाले कार्यदलले सहमतिको प्रयास तिव्र पारेको हो ।

सर्वोच्चको फैसला आउनु अघि नै पार्टी विवाद मिलाउन ओली पक्ष निकै लचक देखिएको छ ।