Loading... आजः १३ श्रावण २०७८, बुधबार

एमाले विवाद सहमति नजिक

एमाले विवाद सहमति नजिक

काठमाडौं । एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ ।

एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो ।

नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ मा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको बताए ।

उनले सहमति टिक्ने नटिक्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इमानदारीमा निर्भर रहने बताए ।

उनले सर्त राख्ने कुराले पनि निष्कर्षमा पुग्न केही ढिलाइ भइरहेको जानकारी दिए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।