Loading... आजः २१ श्रावण २०७८, बिहीबार

अभिनेत्री लीजा बेन्सको निधन

अभिनेत्री लीजा बेन्सको निधन

काठमाडौं । ‘गन गर्ल’ अभिनेत्री लीजाबेन्स निधन भएको छ ।

न्युर्योक शहरको सडक दुर्घटनामा घाइते लीजाको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सडकमा स्कुटीले ठक्कर दिएको कारण उनलाई गम्भिर हालतमा अस्पताल पुर्याइएको थियो ।

केही दिनको उपचार पछि उनको निधन भएको हो । लीजाको निधन भएको उनको सहकर्मीले बताए । उनले भनेका छन् ‘लीजाको निधमा दुखी छौँ । उनी महान भावना भएकी उदार दिलकी महिला थिइन् ।

उनी मन्च होस् वा क्यामराको अगाडि सधै काममा समर्पित रहन्थिन् ।’ रिपोर्टका अनुसार एक रातो र कालो रंगको स्कुटर चढेको व्यक्तिले उनलाई ठक्कर दिएका थिए ।

पुलिस आउनु पहिले नै ती ब्यक्ति दुर्घटना स्थलबाट फरार भए । दुर्घटनामा लीजालाई ठुलै चोट लागेको थियो । पुलिस अधिकारीले दुर्घटना घटाउने फरार ब्यक्ति अहिलेसम्म फेला नपरेको बताएको छ ।

लीजाले कयौ टिभी सिरियल र फिल्ममा अभिनय गरेकी छन् । जस मध्य ‘गन गर्ल’, ‘टम क्रुज’ र ‘ककटेल’बाट फरक परिचय मिलेको थियो । उनले थुप्रै शोमा समेत काम गरेकी छन् ।