Loading... आजः १३ श्रावण २०७८, बुधबार
कोरोना कहर

२४ घण्टामा २ हजार ७४५ संक्रमित, ४ हजार १८७ संक्रमणमुक्त, ४१ जनाको मृत्यु

मृत्यु हुनेको संख्या ८ हजार ५०६
२४ घण्टामा २ हजार ७४५ संक्रमित, ४ हजार १८७ संक्रमणमुक्त, ४१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजेटिभ देखिएको थियो ।

पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै गत २४ घण्टामा ४१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यो हित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।