Loading... आजः १३ श्रावण २०७८, बुधबार

बर्दियामा असार ७ गते सम्म निषेधाज्ञा थपियो

बर्दियामा असार ७ गते सम्म निषेधाज्ञा थपियो

बर्दिया । बर्दियामा जेठ ३१ गते सम्म जारि निषेधाज्ञा असार ७ गते सम्मका लागि थप गरिएको छ ।

जिल्ला कोभीट संकट ब्यवस्थापन केन्द्रको बैठकले असार ७ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो ।

यस अबधिमा साबधानी अपनाउदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ बजे देखि दिउँसो २ बजे सम्म सन्चालन गर्न पाइने छ ।

विद्यालय, पार्लर, सैलुन, रेष्टुरेन्ट, जिमखाना सहितका अलि बढि भिँडभाँड हुने पसलहरु भने खोल्न पाइने छैन ।

बैँक तथा वित्तीय संस्था विहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने पाइने जिल्ला प्रशासन कार्यलय बर्दियाका प्रशासकीय अधिकृत नारायण ढकालले बताउनु भयो ।

यस्तै निजी सवारी साधनहरु अत्यावश्यक भएमा सोहि समयमा गुडाउन पाइने जनाईएको छ ।