Loading... आजः १३ श्रावण २०७८, बुधबार

कृष्ण थापालाई पुनर्बहाली गर्ने अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज

कृष्ण थापालाई पुनर्बहाली गर्ने अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका निवर्तमान सांसद् कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ ।

राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयले दायर गरेको रिटमा सुनुवाइ गर्दै विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालासले कृष्ण थापालाई पुनर्वहाली गर्ने यसअघिको अन्तरिम आदेशलाई खारेज गरिदिएको हो ।

‘यस अदालतबाट जारी अन्तरिम आदेश पश्चतात परिस्थितिमा परिर्वतन भइ हाल विपक्षी निवेदशक कृष्ण थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी कृष्ण थापालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनू भनी अदालतबाट २०७८ जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयनमा हाल आवश्यकता र उपयुक्तता रहिरहेको नदेखिँदा सो आदेशलाई खारेज गरिएको छ ।’

कृष्ण थापालाई पुनर्बहाली गर्ने अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज
कृष्ण थापालाई पुनर्बहाली गर्ने अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज