Loading... आजः १३ श्रावण २०७८, बुधबार

सोमबार थप ७०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार थप ७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य थप सोमबार ७०० रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै, आज तेजाबी सुन समेत ७०० रुपैयाँले नै घट्दै ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदी तर्फ भने गत आइतबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।