Loading... आजः १३ श्रावण २०७८, बुधबार

बाँकेमा कोरोना संक्रमणदर घट्यो

बाँकेमा कोरोना संक्रमणदर घट्यो

बाँके । बाँकेमा कोरोना संक्रमणदर घटेको छ । लक्षण देखिएका बिरामी कम भएका छन् ।

यहाँका तीनवटै प्रयोगशालाको रिपोर्टले पनि परीक्षण गर्ने र संक्रमण दर घटेको देखाएको छ । एक सय २४ जनाको परीक्षण गर्दा १७ जनामा कोरोना देखाएको छ ।

त्यसमा बाँकेका दुईजना छन् । कोहलपुर मेडिकल कलेजले यसअघि नै ओपीडी सेवा सञ्चालन गरिसकेको छ ।

कोहलपुरले १ सय ३० बेड कोरोना बिरामीका लागि छुट्याएकोमा अहिले एक सय ८ बेड खाली भएको छ ।

बाँकेका अस्पतालहरुमा अहिले बाँकेका ९१ जना बिरामीको उपचार भइरहेको छ ।