Loading... आजः १३ श्रावण २०७८, बुधबार

भेरी अस्पतालले मंगलबारदेखि ओपीडी सेवा पुनः सञ्चालन गर्ने

भेरी अस्पतालले मंगलबारदेखि ओपीडी सेवा पुनः सञ्चालन गर्ने

बाँके । भेरी अस्पताल, नेपालगञ्जले रोकिएको बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना भाइरस महामारी दोस्रो लहरसँगै ओपीडी बन्द गरेको भेरी अस्पतालले असार १ गते मंगलबारदेखि पुनः सञ्चालन गर्ने जनाएको हो ।
भेरीले कोरोना बिरामीका लागि दुई सय बेड सञ्चालन गरेको थियो ।

महामारीका बेला त्यहाँ ३ सय २६ जनासम्म बिरामी आएका थिए । अहिले ६८ जना कोभिड–१९ का बिरामी छन् । एक सय १७ बेड खाली भएका छन् ।

बेड खाली हुने अवस्था आएकाले ओपीडी सञ्चालन गर्ने निर्णयमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।