Loading... आजः १ असार २०७८, मंगलवार

कोरोनाबाट बाँके र दाङका तीन जनाको मृत्यु

कोरोनाबाट बाँके र दाङका तीन जनाको मृत्यु

बाँके । बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ। मृतक बाँके र दाङ जिल्लाका छन्।

दाङ घोराही उपमहानगरपालिका वडा नं. ७ का ४२ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ।

जेठ १० गते भर्ना भएकी उनको ११ गते पीसीआर गरिएको थियो। दाङ राजपुर गाउँपालिका वडा नं. १ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ।

जेठ २२ गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो। बाँके खजुरा गाउँपालिका वडा नं. ३ का ८० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ।

जेठ १८ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो। योसँगै बाँकेमा कोरोनाबाट ३ सय ६ जना र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ३ सय ३० जनाको मृत्यु भएको छ।

बाहिरी जिल्लाको मृतकमा दाङ जिल्लाका बढी देखिएका छन्।