Loading... आजः ५ असार २०७८, शनिबार

भारतमा दोस्रो लहरपछिको कोरोना संक्रमित संख्या अहिले सम्मकै कम, मृत्यु कति ?

भारतमा दोस्रो लहरपछिको कोरोना संक्रमित संख्या अहिले सम्मकै कम, मृत्यु कति ?

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएका छन् ।

सङ्क्रमितको यो संख्या दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि एकैदिन संक्रमण भएको सबैभन्दा कम हो ।

यो सँगै भारतमा कुल कोरोना सङ्क्रमितको संख्या २ करोड ८८ लाख ९ हजार ३३९ पुगेको छ । भारतमा मे ७ मा भारतमा एकैदिन सबैभन्दा धेरै ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए ।

पछिल्लो २४ घण्टामा भारतमा २ हजार ६७७ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ करोड ८८ लाख ९ हजार ३३९ जनामा पुगेको छ ।