Loading... आजः ५ असार २०७८, शनिबार
विचार

पशुपालन क्षेत्रमा कोभिड–१९ को दुष्प्रभाव र पशु चिकित्सकको भूमिका

कोभिड–१९ वैश्वीक महामारी एवम् लकडाउनका कारण समुदायको आयमा कमी भएको छ ।
पशुपालन क्षेत्रमा कोभिड–१९ को दुष्प्रभाव र पशु चिकित्सकको भूमिका

कोरोना भाइरस रोग अर्थात् कोभिड–१९ महामारीका कारण धेरै क्षेत्रहरुको आर्थिक विकास नराम्रोसँग प्रभावित भएको छ । यसको कुप्रभावबाट महत्वपूर्ण क्षेत्र पशुपालन पनि अछुतो रहन सकेन । हाम्रो करीब ७० प्रतिशत जनसंख्या कृषि एवं पशुपालनमा निर्भर छन् ।

नेपालको सकल घरेलु उत्पादनमा पशुपालनको योगदान ४.११ प्रतिशत छ र ८.८ प्रतिशत रोजगारी दिन्छ । यस बाहेक पशुपालन क्षेत्रले पौष्टिक आहार तथा खाद्य उत्पादनहरु जस्तै दुध फूल, मासु, पनीर, चिज, स्कीम मिल्क पाउड आदी उपलब्ध गराउँदछ । तर कोभिड–१९ महामारीले गर्दा पशु्पालन क्षेत्र नराम्रोसित प्रभावित भएको छ ।

कोभिड–१९ महामारी एवं लकडाउनका कारण पशुपालन क्षेत्रमा कुप्रभाव

दुध, मासु, फूल उत्पादनहरुको खपत एवम विक्रिमा कमी – कोभिड–१९ को वैश्वीक महामारीका कारण लकडाउन अवधिमा रेस्टुरेन्ट, होटल, चिया पसल आदि बन्द गरियो । जसका कारण दुग्घजन्य उत्पादनहरु, खुवा, पनीर, आइसक्रिम, चीज आदिको विक्री एवं खपत कम भयो । कोभिड–१९ वैश्वीक महामारीको फलस्वरुप आइसक्रिम खपतमा ६०–७० प्रतिशत कमी भयो । डेरी क्षेत्रमा ३० प्रतिशत कमी लकडाउनको शुरुवातमा देखियो ।

यसको कारण कोभिड–१९ वैश्वीक महामारीको बेला लकडाउन हुनाले धेरै मानिस भय एवं समुदायको आमदानी पनि धेरै कम भयो । जसका कराण समुदायको क्रयशक्ति घटेर गयो । बजार बन्द हुनाको कारण दुधालु पशुहरुको दुध विक्रिमा कमी हुनुका साथै पशुपालकले दुध कम मूल्यमा बेच्नुपर्यो । जसका कारण पशुपालकलाई दोहोरो नोक्सानी व्यहोर्नुपर्यो ।

डेरी क्षेत्रमा अन्य क्षेत्रहरु जस्तै पशुजन्य उत्पादनहरु ग्राहक सप्लाई चेनद्वारा पुर्याइन्छ । परन्तु कोभिड–१९ को कारण लकडाउनको बेला सप्लाई चेन टुट्न पुग्यो जसका कारण दुध एवम् मासु, फूल उत्पादनहरुको खपत एवं विक्री नहुनाको कारण उत्पादनकर्ताको थलोमा विग्रेर गयो । फलस्वरुप दुध, मासु, फूल उत्पादनहरुको उत्पादनकर्ताले आर्थिक क्षतीको सामना गर्नुपर्यो ।

मासु एवम् मासु उत्पादनको विक्रिमा नोक्सान – दुधजन्य उत्पादनहरु बाहेक चिकेन, मटन, चेभोन, पोर्क एवम् अन्य मासुजन्य उत्पादनहरुको विक्रि एवम् खपत होटल, रेस्टुरेन्ट एवम् अन्य मासु पसल बन्द हुनाले अत्याधिक प्रभावित भयो । यसबाहेक सामाजिक सञ्जाल एवं सञ्चारमाध्यमहरुको यो अफवाह फैलियो कि कोभिड–१९ भाइरसको संक्रमण चिकेन, मिट खानाले हुन्छ जसको फलस्वरुप कुखुरापालन व्यवसायमा संलग्न किसानहरुलाई अत्याधिक आर्थिक क्षतिको सामना गर्नुपर्यो ।

पशु आहारमा कमी – कोभिड–१९ महामारीले गर्दा लकडाउनको बेला पशु आहार बनाउने कारखानाहरुमा मजदुरको कमी सामाजिक दूरी बनाएर राख्नु, कच्चा मालको उपलब्धतामा कमी आदिको कारण पशु आकारको उत्पादन पनि कमी भयो । पशु आहार एवम् हरियो घाँसको अनुपलब्धताले पशुहरुको दुध उत्पादन, प्रजनन् क्षमता एवं कार्यक्षमतामा नराम्रो प्रभाव पर्यो । जसको फलस्वरुप अन्ततोगत्वा पशुपालकलाई आर्थिक नोक्सानी उठाउनुपर्यो ।

बेरोजगारी – कोभिड–१९ वैश्वीक महामारीबेला पशुपालन क्षेत्रसँग जोडिएका मानिसहरु बेरोजगार हुनपर्यो किनकी यस क्षैत्रको आपूर्ति श्रृङ्खला, प्रशोधन प्लान्ट, बधशाला, दुध सहकारी, डेरीप्लान्ट, मिटप्लान्ट आदिमा धेरै मानिस काम गरिराखेका थिए । तर कोभिड–१९ महामारीका कारण पशुपालन क्षेत्रसँग सम्बन्धित व्यवसाय बन्द हुनाको कारण यसमा काम गर्ने कामदार बेरोजगार हुन पुगे ।

कोभिड–१९ को संकटको बेला पशुचिकित्सकहरुको भूमिका

कोभिड–१९ महामारीको कारण पशुपालन क्षेत्रसँग सम्बन्धित व्यवसायमा आएको कमीलाई पशु चिकित्सक समुचित पशु चिकित्सा उपलब्ध गराएर निराकरण गर्न सक्दछन् । डेरी व्यवसायसँग आवद्ध पशुचिकित्सक दुधारु पशुहरुको दुध उत्पादनमा आएको कमीलाई आहार, समुचित चिकित्सा उपलब्ध गराएर दुध उत्पादन बढाउन सकिन्छ ।

पशु चिकित्सक पशुआहारको कमीलाई निराकण गर्नका लागि पशुपालकहरुलाई साइलेज एवम् सन्तुलित आहार बनाउने एवम् तिनको संरक्षणको बारेमा प्रशिक्षित गर्न सक्दछन् । यसबाहेक पशु आहाराका निम्ति एजोला एवम् हाइड्रोपोनिकसको उत्पादनका लागि पशुपालकहरुलाई प्रेरित पशु चिकित्सकले नै गर्न सक्दछन् । पशु चिकित्सक बाख्रापालनसँग जोडिएका कृषकहरुलाई वा यस व्यवसाय शुरु गर्न इच्छुक कृषकहरुलाई बैंक वा पशुपालन विभागबाट आर्थिक सहायता दिलाउन मद्दतगार सावित हुनेछन् ।

बाख्रालाई गरिबको गाई एवम् एटीएम भनिएको छ, किनकी बाख्रा पालन गरिब सिमान्तकृत कृषकले पनि कम लागतमा शुरु गर्न सक्छन् एवम् जब आर्थिक जरुरत पर्छ बेचेर आर्थिक लाभ कमाउन सक्छन् । कोभिड–१९ को बेला कृत्रिम गर्भाधानमा आउको कमीलाई यस क्षेत्रसँग जोडिएका पशुचिकित्सकले पालकको घरदैलोमा गएर गाइ भैंसीलार्य उन्नत नश्लको बीर्य प्रयोग गरी गर्भाधान गराएर समयानुसार पशुपालकलाई पाडापाडी, बाच्छाबाच्छी पाउने सुनिश्चितता गराउन सक्नेछन् ।

हाम्रो देशमा गाईको संख्याको झण्डै ८० प्रतिशत काठे गाईको संख्या छ । यी गाईहरुमा अत्याधिक तामक्रम सहने क्षमता, किर्नाको संक्रमण प्रति प्रतिरोधात्मक क्षमताको विकास हुनु एवम् दुधको गुणस्तर विदेशी नश्लभन्दा अपेक्षाकृत बढी छ । यी सबै गुणहरुका कारण यीनको विशिष्ट महत्व छ । गाई मिसनद्वारा किसानले कम लागत खर्चमा स्थानीय गाई पालेर आर्थिक लाभ पाउन सक्दछन् एवम् किसान आफैं आत्मनिर्भर हुन सक्दछन् ।

यसका लागि पशुचिकित्सकको सहभागिता महत्वपूर्ण हुनेछ । दुध एउटा सन्तुलित आहार मानिन्छ । यसले मान्छेको रोग प्रतिरोधात्मक क्षमता बनाइ राख्न एवम् स्वस्थ्य राख्नमा दुधको महत्वपूर्ण भूमिका रहन्छ । दुधालु पशुलाई उचित मात्रामा दुध उत्पादन गर्नका लागि एवम् दुध उत्पादन क्षमता स्थीर राख्नमा पशु चिकित्सकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । जसले गर्दा समुदायलाई पर्याप्तमात्रामा दुध उलब्ध होस् ।

यसबाहेक कोभिड–१९ महामारीको समस्या स्वास्थ्य रहन र इम्युन क्षमता बलियो बनाइराख्न मासु, चिकेन, मटन, पोर्क आदीलाई मांशाहारी जनसमुदाय भोजनमा समोल गरी आफूलाई तन्दुरुस्त राख्न सक्छन् । यसका लागि कुखुरापालन, बाख्रापालन, भेंडापालन, सुंगुरपालन आदि प्रतिसमुदायलाई जागरुक गर्नका लागि पशु चिकित्सकको मुख्य भूमिका हुनेछ । यी व्यवसाय गर्न इच्छुक समुदायलाई पशुपालन विभाग, बैंक वित्तिय संस्था, गैह्र सरकारी संस्थाबाट आर्थिक सहायता, अनुदान दिलाउन पशु चिकित्सक सहयोगी सिद्ध हुन सक्छन् ।

पशुचिकित्सक सहकारी एवम् अन्य गैरसरकारी संस्थाहरु तथा पशुपालक बीच एउटा सहजकर्ताको रुपमा काम गर्न सक्छन् । किसानहरुलाई कोभिड–१९ महामारीको बेला एवम् पछि डेरी व्यवसायलाई प्रोत्साहन गर्नका लागि गाईभैंसी पालन, मासु उत्पादन बढाउनका लागि कुखुरापालन, बाख्रापालन, बंगुरपालन आदिका लागि उचित दरमा ऋण दिलाउन पशु चिकित्सकले मद्दत गर्न सक्छन् । यसो गर्दा मानिसहरु आयमा भएको कमीलाई बढाउनुका साथै रोजगारी पनि प्राप्त हुनेछ एवम् पोषणयुक्त आहारको उपलब्धता सुनिश्चितता हुनेछ ।

पशु चिकित्सा महाविद्यालय अनुसन्धान निकाय एवम् प्रयोगशालाहरुले रियल टाइप पिसिआरद्वारा आफ्नो प्रयोगशालामा ठूलो संख्यामा मानिसहरुको नमूना गरी कोभिड–१९ लाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निभाएर एक स्वास्थ्य एक देशको अवधारणालाई सार्थक गर्न सक्छन् । कोभिड–१९ गाइडलाइन निर्देशिकाजस्तो सामाजिक दूरी बनाइराख्ने, मास्क लगाउने, हात धुने, सेनेटाइजरको उयोग गर्ने आदिको पालना गर्ने गराउने, सुनिश्चित गर्ने एवम् सचेतना जनसमुदायमा फैलाउनमा पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुन्छ ।

किनकी पशु चिकित्सक किसानहरुको दैनिक एवम् नियमित आयको साधन (पशुपालन)सँग सिधा जोडिएको हुन्छ । जसले गर्दा पशु चिकित्साकर्मीले सम्झाउँदा किसान कोभिड–१९ को स्वास्थ्य निर्देशिका सजिलै पालना गर्नेछन् जसबाट कोभिड–१९ भाइरसको संक्रमण कम हुनेछ । यसरी कोभिड–१९ वैश्वीक महामारी एवम् लकडाउनका कारण समुदायको आयमा कमी भएको छ ।

यसका लागि कोभिड–१९ का कारण बेरोजगार भएका समुदायलाई रोजगारी दिलाउन अनि कोभिड–१९ को दोस्रो लहरबाट बचाउनका लागि इम्युन क्षमता कोभिड–१९ को बेला बनाइराख्नुका साथ साथै कोभिड–१९ स्वास्थ्य निर्देशिका किसानबीच पालना गर्र्ने सुनिश्चित गर्नमा पशु चिकित्सकहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । (लेखक प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)