Loading... आजः ५ असार २०७८, शनिबार

विश्वकप छनौटमा आज नेपाल र ताइपेइ भिड्दै

विश्वकप छनौटमा आज नेपाल र ताइपेइ भिड्दै

काठमाडौं । विश्वकप र एसिया कप फुटबलको छनोट चरणको खेलमा आज नेपालले चाईनिज ताईपेसँग खेल्दैछ ।

यो खेल नेपाली समय अनजुसार आज वेलुकी पौने १० बजे कुवेतको राजधानी कुवेत सिटीमा हुनेछ ।

चाईनिज ताईपेविरुद्धको हेड टु हेडमा नेपाल बलियो देखिएको छ । दुई देशचि अहिलेसम्म भएका दुई भिडन्तमध्ये एक खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

जारी विश्वकप छनौटको पहिलो लेगको खेलमा नेपालले चाईनिज ताइपेइलाई उसैको मैदानमा २–० ले हराएको थियो ।

नेपाल आज सोही लय दोहो¥याउने अभियानमा रहेको छ । नेपालले अर्को वर्ष हुने विश्वकप फुटबल छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ ।

तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै सन् २०२३ मा हुने एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।

चाइनिज ताइपेइपछि नेपालले अष्ट्रेलिया र जोर्डनसँग दुई खेल खेल्न बाँकी छ ।

समूह ‘बी’ मा नेपाल ३ अंकसहित चौथो स्थानमा रहेको छ भने अंकविहिन चाइनिज ताइपेइ पुछारमा रहेको छ ।

४ खेलबाट १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।