Loading... आजः ५ असार २०७८, शनिबार

विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने

विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाइने भएको छ।

सन् २०२४ देखि २०३१ सम्म एकदिवसीय विश्वकपमा १४ र टी २० विश्वकपमा २० टिम सहभागी हुनेछन्।

नयाँ निर्णयअनुसार सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धात्मक बनाउन भन्दै आईसीसीले विश्वकपमा १० टिमलाई मात्र सहभागि गराएको थियो।

सन् २०२३ को विश्वकपमा भने १० टिमले मात्र खेल्नेछन्।