कोरोना कहर

बाँकेमा कोरोना संक्रमणका कारण थप सात जनाको मृत्यु

बाँके । बाँकेमा कोरोना संक्रमणका कारण थप सात जनाको मृत्यु भएको छ।

गएरातिदेखि आज बिहानसम्म भेरी अस्पतालमा ४ र नेपालगञ्ज मेडिकल कलेजमा ३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

भेरी अस्पताल कैलालीकी ७४ वर्षीया वृद्धा, बर्दियाकी ७५ वर्षीया वृद्धा, ८० वर्षीय बृद्ध र बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको कार्यलयका कोरोना फोकल तेज वलीले जानकारी दिए।

यस्तै नेपालगन्ज मेडिकल कलेजमा स्थानीय ५७ वर्षीय पुरुष, कञ्चनपुरकी ४७ वर्षीया महिला, दाङकी ५६ वर्षीया महिलाको मृत्यु भएको वलीले जानकारी दिए।