Loading... आजः ५ असार २०७८, शनिबार
कोरोना महामारी

भेरी अस्पतालमा हट्यो अक्सिजन अभाव

भेरी अस्पतालमा हट्यो अक्सिजन अभाव

बाँके । अक्सिजनको अभाव भइरहेका बेला भेरी अस्पतालमा जडान गरिएको लिक्विड अक्सिजन प्लान्टबाट शैय्यासम्मै अक्सिजन आपूर्ति सुरु गरिएको छ । प्लान्टबाट अक्सिजन सप्लाई सुरु गरिएपछि भेरी अस्पतालको अक्सिजन समस्या धेरै हदसम्म समाधान भएको छ ।

भेरी अस्पतालको प्रमूख डा.प्रकाश थापाका अनुसार अक्सिजन अभाव कम गर्न केही दिनपहिले जडान गरिएको लिक्विड अक्सिजन प्लान्टबाट शुक्रबार साँझदेखि बिरामीको शैय्यामै पुग्नेगरि सप्लाई सुरु गरिएको बताए ।

उनले सो लिक्विड अक्सिजन ट्याङ्कमा अक्सिजन सकिएपछि तत्काल भर्ने व्यवस्था भने सम्बन्धित निकायले गर्नुपर्ने उनले बताए । शङ्कर अक्सिजन ग्याँस प्रालिका प्राविधिक निरज ठाकुरको नेतृत्वमा रहेको तीन सदस्यीय प्राविधिक टोलीले प्लान्टको सम्पूणर् काम सफलतापूर्वक सम्पन्न गरेको अस्पताल विकास समितिले जनाएको छ ।

प्राविधिक ठाकुरले २० हजार लिटर क्षमताको प्लान्ट रहे पनि अहिले पूणर् क्षमतामा सञ्चालनमा नआएको जनाए । पूणर् क्षमतामा सञ्चालन हुँदा बढीमा दुई हजार १०० सिलिन्डर अक्सिजन उत्पादन हुन सक्ने पनि उनले जानकारी गराए ।

लिक्विड अक्सिजन प्लान्ट बाँकेमा भेरी र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सञ्चालनमा छ । अस्पताल प्रमुख डा.थापाले हाल आएर सङ्क्रमण केही घट्दो क्रममा रहेको र अक्सिजनको थप व्यवस्था पनि भएकाले उपचार सहज र सरल हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।