Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार
विचार

पशुपालनमा एन्टिवायोटिकको दुरुपयोग

पशुपालनमा एन्टिवायोटिकको दुरुपयोग

एन्टिवायोटिक औषधीहरुको उपयोग मानिसहरु एवं पशुहरुमा जीवाणु संक्रमणको उपचारमा गरिने गरिन्छ । यी औषधीहरुले किटाणुहरु (जीवाणुहरु)द्वारा हुने संक्रमणमा जादुमय रुपमा कार्य गर्दछ र जीवाणुहरुलाई नष्ट गर्दछ । तर जीवन रक्षक हुँदाहुँदै पनि यी औषधीहरु जीवाणुहरुको एक अर्को हानिकारक पाटो सामुने आएको छ । एन्टिवायोटिकको अत्याधिक अनियन्त्रित तथा अनुचित प्रयोग मानिस तथा पशु दुवैलाई एउटा ठूलो खतरा बन्न पुगेको छ । एन्टिवायोटिक औषधीहरुको दुरुपयोगले धेरैजसो जीवाणु यी औषधीहरुप्रति प्रतिरोध गर्न सक्षम भएका छन् । जसका कारण यी औषधीहरुको प्रभाव समाप्त वा कम हुने गर्दछ ।

यसकारण कैयौं पटक संक्रमण उपचार निष्प्रभावी हुन्छ । यस्ता प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशुहरु तथा मानिसहरुको ज्यान लिने संक्रामक रोगको कारण बनिरहेका छन् । यस समस्याले आज संसारमा एउटा गम्भीर रुप लिएको छ । सच्चाई त यो छ कि संयुक्त राज्य अमेरिकाजस्तो विकसित मुलुकमा प्रत्येक साल कमसेकम २० लाख मानिस एन्टिवायोटिक प्रतिरोध जीवाणुहरुबाट संक्रमित हुने गर्दछ र २३ हजार जति संक्रमित भएर मृत्युवरण गर्दछन् । विकाशील देशहरुको स्थिति योभन्दा भयावह नहोला भन्न सकिन्छ र ?

पशुपालनामा एन्टिवायोटिकको उपयोग

एन्टिवायोटिक औषधीहरुको उपयोग मूख्यरुपमा संक्रमित बिरामी पशुहरुको उपचारका लागि गरिन्छ । यस्तो परिस्थितिमा सामान्यतया यी औषधीहरुको उपयोग अन्य कारणहरुजस्तै रोगको बचाउमा रोगहरुको नियन्त्रण अथवा पशुपालनमा पशुहरुको शारीरिक विकास बढाउन लागि गरिन्छ । त्यो बेला यी औषधीहरुको मात्रा कम दिइने गरिन्छ । मानिसहरु तथा पशुहरुमा जीवाणु संक्रमणको उपचार तथा रोकथामका लागि विभिन्न प्रकारको एन्टिवायोटिक औषधीहरुको उपयोग संसारभर ठूलो मात्रामा गरिने गरिन्छ ।

प्रमुख औषधीका नाम यस प्रकार छन्, बिटा लौकरम एन्टिवायोटिक्स, पेनिसिलिन अमोकिसलिन, एम्पिसिलिन, सिप्लोस्पेरिन, जैन्टामाइयसिन, नियोमायसिन, स्टे«ष्टोमायसिन, टेट्रासाइक्लिन, सिपरोक्लोक्सासिन, क्लिन्डामायसिन, एरिथ्रोमायसिन, टिल्मिकोसिन, टाइलोसिन, फलेवोमायसिन, मानेन्सिन इत्यादी । यीमध्ये प्रायजसोको उपयोग मानिस तथा पशु दुवैमा हुने गर्दछ । केहि औषधीको प्रयोग केवल मानिसमा मात्र गरिन्छ । किनकी यीनको प्रयोग पशुमा अनुचीत मानिन्छ र केहि धेरै मंहगो हुने गर्दछन् । केहि औषधिहरु केवल पशुहरुको रोगको रोकथाम तथा तिनीहरुको शारीरिक विकास बढाउनका लागि गरिन्छ ।

सही औषधिको छनौट त्यसको खुराकको मात्रा तथा दिने बिधि यस कुरामा निर्भर गर्दछ कि, औषधि कै कारण या कुन रोगको लागि दिइँदैछ । पशु चिकित्सकहरुले उपचार गर्ने बेलामा जस्तो संक्रमणको कारण किटाणुको प्रकार एवं विशेषताहरु, प्रयोग गरेको औषधिको जीवाणुमारक क्षमता औषधि प्रयोय गराउने विधिको सुगमता, पशुको औषधिप्रति सहनशक्ति, औषधिको दुष्प्रभाव आदि । यी औषधिहरु दानापानी अथवा इन्जेक्सनद्वारा चिकित्सकीय सल्लाह अनुसार दिइन्छ । तर यी औषधिहरुको दुरुपयोग धेरै दुष्परिमाण हुनसक्छ । बढ्दो जनसंख्याका कारण पशुजनीत खाद्य पर्दाथको माग लगातार बढ्दो छ ।

धेरै उत्पादनका लागि पशुहरुमा रोगहरुबाट बचाउन एवं रोकथाम आवश्यक हुन्छ । यसका लागि एन्टिवायोटिक औषधीहरुको उपयोग आवश्यक हुन्छ । यसका साथै कैयौं जीवनरोधी पदार्थहरुको प्रयोग पशुहरुको दानापानीमा गरिने गरिन्छ । जसले गर्दा पशु उत्पादन बठोसा पशुपालन तथा कुखुरा पालनमा प्रयोग हुने कैयौं औषधीहरु जस्तै कोरटेट्रासाइक्लिन, अकसिटष्ट्रासाइक्लिन, पेन्सिलिन, टायलोसिन वेसिट्रेसिन, नियोमायसिन स्ट्रेप्टोमायसिन, एरिथ्रोमायसिन, लिन्कोमायसिन वैम्बरमायसिन, बर्जिनामायसिन, ओलिएन्डोमायसिन, इन्रोल्फ्रोकसासिन, क्लोस्टिन इत्यादी । यसबाहेक पनि अरु धेरै छन् ।

जनस्वास्थ्यको लागि जोखिम जुनप्रकारले मानिसहरुमा हुने रोगहरुका जीवाणुहरु नष्ट गर्नका लागि नयाँनयाँ औषधीहरुको आविष्कार हुन्छ । त्यसैगरी जीवाणुहरुले पनि आफ्नो बचाउको उपाय खोज्दछ । यस कारण तीनमा औषधी प्रतिरोध गर्नेको क्षमता विकास हुन्छ । तर एन्टिवायोटिक औषधीहरुको अनुचित एवं जथाभावी प्रयोगले तीनको यो क्षमता झन् तेजीले बढ्दछ । तथा यस्ता जीवाणुहरु वातावरणमा फैलिन्छन्, जसलाई सामान्य औषधीले नष्ट गर्न मुस्कील हुन्छ ।

पशु चिकित्साकर्मीहरु एवं पशुपालकहरुले एन्टिवायोटिकको उपयोगमा गम्भीरताले विचार गर्नु पर्ने हुन्छ । किनकी उपचार गर्ने बेला या उपचारपछि यी औषधिहरु पशुको दुध, फूल, मासुजन्य उत्पादनमा आवश्यकता अनुसार वृद्धि पनि हुन सक्छ । जुन जनस्वास्थ्यको लागि हानिकारक हुन सक्छ । एन्टिवायोटिक प्रतिरोधी क्षमता भएका जीवाणुले आफ्नो यो क्षमताको प्रसार अर्को जीवाणुमा गर्न सक्छ । जसको गम्भीर परिणाम हुन सक्छ । यस्ता कैयौं रोग जसको उपचार पहिले सजिलै हुन्थ्यो ।

एन्टिवायोटिक प्रयोगमा सावधानी

एन्टिवायोटिक औषधीहरुको प्रयोग उचित बिधिअनुसार तथा चिकित्सकको सल्लाहअनुसार सोच विचार गरी गर्नुपर्छ । यी औषधिहरुको उपयोगमा लापरवाही भएमा मानिस तथा पशुहरु दुवैमा मृत्युको कारण बन्न सक्छ । एन्टिवायोटिक औषधीहरुको अनुचित प्रयोग जस्तो कि अधिकतम मात्रा अनियन्त्रित उपयोग, नक्कली वा कमसल गुणस्तरको औषधीको उपयोग अत्याधिक नोकसानी पुर्याउँछ । साथै ज्यान जाने रोगको (उद्भव) उत्पत्ति एवं विकास गराउन सक्छ । यसैले एन्टिवायोटिक नै सबै खाले विरामी रोगको सर्वकालिन समाधान हैन भन्नेमा विचार गरौं । (लेखक प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)