Loading... आजः १ असार २०७८, मंगलवार

नेपाल सुपर लिग : फाइनल पुग्ने दोस्रो टिमको निर्णय आज

नेपाल सुपर लिग : फाइनल पुग्ने दोस्रो टिमको निर्णय आज

काठमाडौं । नेपाल सुपर लिगमा बिहीबार अन्तिम इलिमिनेटर हुँदै छ ।  त्यसले फाइनल पुग्ने दोस्रो टिमको निर्णय गर्नेछ ।

धनगढी एफसी यसअघि नै फाइनल पुगिसकेको छ । शनिबार हुने फाइनलमा उसको प्रतिद्वन्द्वी को त ? यसको उत्तरका लागि दशरथ रंशशालामा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन् ।

प्रतियोगिताको पहिलो प्लेअफमा काठमाडौं धनगढीसँग २–१ ले पराजित भएको थियो भने ललितपुरले पहिलो इलिमिनेटरमा बुटवल–लुम्बिनी एफसीलाई १–० ले हराएको थियो ।

अब यिनै दुई टिमबीचको खेलले प्रतियोगिताको फाइनल खेल्ने दोस्रो टिमको निर्णय गर्नेछ । काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टिमको लक्ष्य फाइनल नै रहेको दाबी गरेका छन् ।