Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार
प्रतिनिधिसभा बैठक

संसदले विश्वासको मत नदिएपछि प्रधानमन्त्री ओली पदमुक्त

संसदले विश्वासको मत नदिएपछि प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । कुल मत २३२ रहेको संसदमा प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

प्रधानमन्त्री ओलीले संसदमा प्रस्तावको विपक्षमा १२४ मत पाएका छन् भने प्रस्तावको पक्ष र विपक्ष दुवैमा अर्थात् दिन्न भन्नेमा १५ मत परेको छ । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधव नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भएनन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।