Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

बाँकेमा जेष्ठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा बढाइयो

बाँकेमा जेष्ठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा बढाइयो

बाँके । बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर जेष्ठ ३ गते राति १२ बजेसम्म बढाएको हो ।

सो अवधि सकिएपछि पुनः जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख २७ गते (आज) सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । तेस्रो चरणमा बढाइएको निषेधाज्ञाको अवधि आज राती १२ बजेबाट सकिदै गर्दा जिल्लामा कोरोना संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पुनः निषेधाज्ञाको अवधि बढाइएको छ ।

जिल्ला प्रशासान कार्यालय बाँकेले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी जेठ ३ गते  राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो ।प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गरिएको छ ।