Loading... आजः १ असार २०७८, मंगलवार
कोरोना कहर

बाँकेमा उपचाररत थप ८ कोरोना संक्रमितको मृत्यु

मृत्यु हुनेको संख्या १८०

बाँके । बाँकेमा उपचाररत  थप ८ जना कोरोना संक्रमितको मृत्यु  भएको छ।

भेरी अस्पतालमा उपचाररत बढैयाताल २ बर्दियाकी  ६५ बर्षीया महिला, बढैयाताल १ बर्दियाकै  ३० बर्षीया महिला, दंगिशरण ५ दाङकी ८५ बर्षीया महिला, नेपालगन्ज १५ का ७३ बर्षीय पुरुष र नेपालगन्ज २ की ५३ बर्षीया महिलाको मृत्यु भएको कोरोना फोकल फर्सन तेज वलीले जानकारी दिएका छन् ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत लम्कीचुहा १ कैलालीका ४३ बर्षीय पुरुष,नेपालगन्ज ११ का ४३ बर्षीय पुरुष र तुलसीपुर ६ दाङका ४१ बर्षीय पुरुषको मृत्यु भएको छ ।

योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८० र बाहिरी जिल्लाको संख्या १३६  पुगेको छ।