Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको कोरोना संक्रमणबाट निधन

त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको कोरोना संक्रमणबाट निधन

डोल्पा ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको कोरोना संक्रमणबाट निधन भएको छ ।

कामको सिलसिलामा वैशाख पहिलो हप्ता काठमाडौं गएका ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमै मृत्यु भएको उपप्रमुख चन्द्रकुमारी बुढाले बताइन् ।

केही व्यक्तिगत र केही कार्यालयको कामका लागि भनेर मेयर काठमाडौं गएको उनको भनाइ छ । काठमाडौंमा उपचारकै क्रममा मेयर बुढाको मृत्यु भएको हो ।

केही दिन पहिला स्वास्थ्यमा समस्या आएका बुढामा पछि भने कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।