Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार
कोरोना कहर

बाँकेमा २७ वर्षे पुरुषसहित दुई जनाको कोरोनाबाट मृत्यु, मृतक १४५ पुगे

बाँकेमा २७ वर्षे पुरुषसहित दुई जनाको कोरोनाबाट मृत्यु, मृतक १४५ पुगे

बाँके । बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा एक/एक जनाको मृत्यु भएको हाे।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १० गते पीसीआर जाँच गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको राती ११:४५ बजे मृत्यु भएको छ।

डुडुवा गाउँपालिका वडा नम्बर ५ का २७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख १५ गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको बिहान ४:४० बजे मृत्यु भएको हाे।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ४५ पुगेको छ।