Loading... आजः १ जेष्ठ २०७८, शनिबार
विचार

कोभिड–१९ महामारीमा पशु र मानव स्वास्थ्यमा सुरक्षात्मक योगदान

कोभिड–१९ महामारीमा पशु र मानव स्वास्थ्यमा सुरक्षात्मक योगदान

टरेको छैन अझै कोरोनाको वार ।
गरौं निष्क्रिय कोरोनाको प्रहार ।।
लगाउनुस् फेसमास्क एक अर्कोबाट दुई गज दुरी ।
साबुन पानीले धुनुस् हात बारबार टिकाकरण पनि छ जरुरी ।।

२१ सौं शताब्दीको प्रारम्भदेखि कोरोना भाइरसको सार्स र मर्सजस्तो संक्रमणसँग सामान गर्नुपर्यो र अव कोभिड–१९ सँग जोडीएको छ । वर्ष २०१९ को दिसंवर महिनाको शुरुमा उत्पन्न भएको हालको वैश्वीक कोभिड–१९ महामारीबारे अनुमान गरिएको थियो कि यो वर्ष २०२० को गर्मीयाममा समाप्त हुनेछ । तर यस्तो भएन एवं दोश्रो पटक वर्ष २०२१ को गर्मी शुरु हुने वित्तिकै यसको आक्रमणले गति लिएको छ । अब यो अनुमान लगाउन मुस्किल छ, यसको प्रकोप कहिले खतम हुन्छ, कति मानिसलाई मृत्युको गाँस बनाउँछ ।

यस भाइरसको संक्रमणले विश्वस्तरको आर्थिक मेरुदण्ड अवश्य भाँचेको छ । गत वर्ष जब सबै औद्योगीक संस्थाहरु बन्द भएका थिए, धेरैजसो मानिसहरु बेरोजगार भएका थिए, त्यतिबेला कृषि एव पशुपालनले नै कतिपय राष्ट्रहरुको अर्थ व्यवस्था संमाल्नमा महत्वपूर्ण भूमिका निभाएको थियो । जसको कोभिड–१९ को चलिराखेको दोश्रो लहरमा पनि महत्वपूर्ण योगदान रहनेछ । पशु चिकित्साकर्मीहरुले पनि पहिलेजस्तै आफ्नो सम्पूर्ण योगदान दिनेछन् ।

नोवेल कोरोना भाइरस

विश्वव्यापी कोभिड–१९ महामारी वर्ष २०१९ मा खोजीएको नोवेल कोरोना भाइरस–२०१९ (२०१९–ऋयख्० को संक्रमणबाट अहिले पनि धेरै तीब्र गतिले मानिसहरुबाट मानिसहरुमा फैलिरहेको छ । यस भाइरसको ७५ देखि ८० प्रतिशत जिनोम सार्स भाइरसको जिनोमको समान छ र त्यसको जस्तो लक्षण उत्पन्न गर्दछ । जुन कारण यस भाइरसलाई सार्स कोरोना भाइरस–२ पनि भनिन्छ । कोरोना भाइरस आर.एन.ए.(राइवो न्यूकिलक एसीड) भाइरसको एउटा परिवार हो ।

यस भाइरसको बाहिरी आवरणमाथि स्पाश्क प्रोटिनको एक विशेष क्राउनजस्तो संरचना हुन्छ । जसका कारण यस समुहको भाइरसहरुलाई कोरोना भाइरस भनिन्छ । सामान्यतया पशुहरु एवं मानिसहरुमा कोरोना भाइरसको संक्रमण सामान्य घटना मानिन्छ । जसमा केही भाइरसले नोक्सान पुर्याउँदैन भने केही भाइरस धेरै घातक हुन्छ । कोरोना भाइरसको केही उपभेद जुनोटिक हुन्छन् । जसको अर्थ यो पशु र मानिसको बीच फैलिन्छ । तर धेरै उपभेदहरु जुनोटिक हुँदैनन् ।

साधारणतया कोभिड–१९ को संक्रमण लाक्ष्णिक एवं अलाक्षणिक कोभिड –१९ सक्रमित व्यक्तिहरु सँगको प्रत्यक्ष संपर्कबाट हुन्छ । यो भाइरस संक्रमीत व्यक्तिले खोकदा हाछियुं गर्दा निकलीने छिटा हावामा फैलिन्छ वा कुनै निर्जिव सतह माथी खस्छ एव यस्को संपर्कबाट हुने संक्रमणलाई अप्रत्यक्ष संपर्क भनिन्छ । यो भाइरस नेत्रश्लेषमा एवं एयरोसोल (धुलकण) बाट पनि फैलिन्छ । हाछियुं अनि अनुनाशिका निर्वहनका अतिरिक्त यो भाइरस दिशामा लामो समयसम्म बिसर्जित हुन्छ ।

कोभिड–१९ महामारीको स्थिति

डिसेम्बर २०१९ को प्रारम्भीक दिनहरुमा चीनको हुवेइ प्रान्तमा कोरोना भाइरसको केही मामलाहरु सामने आए, जुन धेरै सीघ्र अझ तीव्र गतीले विश्ववका अन्य भागमा कोभिड–१९ महामारीको रुपमा फैलियो । कोभिड–१९ को महामारीको घातकताको अनुमान यस कुराबाट लगाउन सकिन्छ, कि ७ अप्रिल २०२० सम्म विश्वका १२,४४,४२१ व्यक्ति संक्रमित एवं ६८,९७६ व्यक्तिहरुले ज्यान गुमाए । अप्रिल १४, २०२१ सम्म कुल २९,४४,८२७० व्यक्ति मृत्युको गाँस बनिसकेका छन् ।

मौजुदा २०२० को गर्मीयामसम्म सकिन्छ, तर यस्तो भएन अनि दोश्रो पटक वर्ष २०२१ को गर्मीयाम शुरु हुने वित्तिकै यसको संक्रमणले तीव्र गति समात्यो । यस सार्स कोभिड–१९ भाइरसमा दिगुण उप्रपरिवर्तन त्यतिबेला हुन्छ, जब भाइरसको दुई उत्परिवर्तित उपभेद एक साथ मिलेर तेश्रो उपभेद बनाउछन् । जस्तो कि भारतमा ३४८४ कयु र एल ४५२ आर दुई उपेदहरुले एक नयाँ उपभेद बनाएका छन्, जसलाई अव बि.१.६१७ को रुपमा वर्गीकृत गरिएको छ ।

कोभिड–१९, पुरानो सम्झना ताजा

महामारीका रुपमा संक्रमणका घटनाहरु अप्रत्यासित छैनन् । विश्वले कैयौं पटक विभिन्न प्रकारका संक्रामक महामारी सामना गर्दै आएको छ । किनकी यी महामारीले इतिहासको पाठ्यक्रम अवश्य बदलेका छन् । उदाहरणका लागि इ.पु १३४७ देखि १३५१ को पेल्गेले विश्वको परिदृष्यलाई नै बदलेको थियो । जसमा तत्कालीन ४५० मिलियन विश्व आवादी मध्येबाट लगभग १०० मिलियन समाप्त भएका थिए । यदि एक शताब्दी पहिले स्वाइन फलु (१९१८–१९) को सम्झनाहरु ताजा गर्यौ भने त्यसमा इतिहासकै सबैभन्दा बढी मृत्यु भएको थियो ।

जसमा संयुक्त राष्ट्र अमेरिकामा ०.५ मिलियन मानविय मृत्युसहित विश्वभरी ५० मिलियन मृत्यु भएको थियो । यी मर्नेहरुमा केटाकेटीहरुको मर्ने संख्या लगभग आधा थियो । विश्वमा कोरोना भाइरस जुन गतिले फैलिएको छ । त्यसले १९१८ को स्पेनिस फ्लुको सम्झना गराउँछ । स्पेनिस फ्लुपछि विश्वले व्यापक ज्ञान कौशल र अनुभवका आधारमा कुनै पनि प्रकारको रोक्नका लागि विजय प्राप्त गरेको छ । तर चौकाउने झस्किनुपर्ने कुरा के छ भने जुन गतीले कोभिड–१९ विश्वभरका देशहरुमा फैलिएको छ यो भन्न कुनै आशंका हुन नपर्ने हो कि भविष्यको स्थिति मौजुदा फ्लुभन्दा भयावह हुनेछ ।

कोभिड–१९ को पशुजन्य सम्बन्ध

अधिकतर (७० प्र.श) उत्पति भइराखेका संक्रामक रोग, जस्तोः इवोला, विका, विप्फा, इन्सेफालाइटिस एवं सबै जात महामारीहरु इन्फुलुएजा सार्स, मर्स, एड्स) पशुजन्य रोग हुन । जुन मुख्य रुपबाट वन्यजन्तुहरुबाट उत्पन्न भएका हुन् । हालाकी, यस कुराको ठोस साक्ष्य छन् कि सार्स कोभिड–२ भाइरसको भनेको पशु श्रोत हो, तर पनि महामारी विज्ञानका अनुसार रोगवाहक पशुप्रजातिहरु एव सार्स कोभिड–२ भाइरसको पशुहरुबाट मानिसहरुमा संरचनाको बारेमा अनिश्चितताहरु छन् ।

चीनको हुवेइ प्रान्तको वुहान शहरमा दिसम्बर २०१९ को अन्त्यमा पाइएको कोभिड–१९ को प्रारम्भीक मामलाहरुको महामारी सम्बन्धी जाँचमा सामुद्रिक आहार एव जिवित पशुहरुको व्यापारको थोक बजारसँग सार्स कोभिड–२ को संक्रमणसँग सम्वन्ध पाइएको छ । हालाकी, प्रत्यक्ष पशु नमुनाहरुमा भाइरसको गैरमौजुदगीले यस स्थानमा कुनै पनि पशु संग्राहकको सहि पहिचान गर्न मुस्किल बनाएको थियो । यसको अतिरिक्त पहिलो लहरमा कोभिड–१९ को ४१ पृष्ट मामीलाहरुमध्ये १३ वटाको बजारसँग कुनै सम्वन्ध थिएन ।

सवै भाइरस उत्परिवर्तित हुन्छन्, तीनका नयाँ उपभेद नियमित रुपले बदलिन्छन् । विभिन्न राष्ट्रहरुमा सार्स कोभिड–२ को विभिन्न प्रकारका उपभेद पाइएका छन् । विश्वभरीमा अहिलेसम्म ४००० भन्दा बढि उपभेद पाइएको छ । यसमा भारतमा वुथेक वैरियष्ट (वि.स. १.१.७) दक्षिण अफ्रीकी वैरिष्ट (वि.१.३५००) तथा ब्राजिलियन वैशष्टका अतिरिक्त एन ५०१ लाई (५४४४४८४ केयू) (एल ४५२ आर) र (एन ४४०के) पनि पाइएको छ ।

यीन उपभेदहरुमध्ये बाट युके वैरीष्टको सञ्चारण क्षमता बढी छ । यस्तो मानिएको छ कि कोभिड–१९ को दोस्रो लहरमा यी उपभेदहरुका कारण संक्रमण दरमा बढोत्तरी हुनुका साथ साथै यसका लक्षणहरुमा पनि भिन्नता देखिँदैछ । पशुचिकित्सकले पनि कोभिड–१९ को लक्षण एव वैदानिक समस्या बुझ्नुपर्ने हुन्छ । जब मांसपेशीहरु दुख्नु घाँटीमा रुसवस हुनु शारीरिक थकाई गन्द एव स्वादको अभाव इत्यादि लक्षणहरु पाइन्छन् । यस रोगमा रोगीको शारीरिक स्थितिअरु गम्भीर भएमा एकयुट रेस्पायरेटरी सिन्ड्रोम हुन गर्दछ । रोगीको स्थिति विग्रेमा उसको शरीरका अन्य भागहरु पनि प्रभावित हुन्छन् ।

वयस्कहरुमा मानसिक स्थिति भंग हुनु, सास लिन परेसानी, मुत्र विसर्जनमा कमी, तेज हृदय गति, न्युन रक्तचाप, कडा रुघा लाग्ने इत्यादी सम्मिलित छन् । त्यही बच्चाहरुमा तापमान एवं रक्तकणहरुको संख्यामा असमानता देखिन्छ । अत्याधिक गम्भीर अवस्थामा वयस्कहरुमा उच्चरक्त चाप बनिरहनु, बच्चाहरुमा मानसिक भ्रम एवं उच्च रक्तचापको लक्षण पाइन्छ । यी सबै लक्षणहरु हालको वर्ष २०२१ मा उत्पन्न भएको उपभेदहरुको संक्रमणमा देखिएको छ । यसको अतिरिक्त यस वर्ष नेत्रश्लेसेध, छालामा रातो विमिरा, जठर शोध, पेटको खरावी, झाडापखाला, औला र नङहरुको रङ्ग विग्रनु इत्यादी लक्षणहरु पनि पाइएको छ ।

पशुहरुमा सार्स कोभिड–२ का लक्षण धेरै हदसम्म अपरिभाषित हुनु, पाल्तु पशुहरुमा अन्य कोरोना भाइरस संक्रमणसरह नै सार्स कोभिड–२ संक्रमणको पनि स्वशन एवं जढरान्त सम्बन्धी नैदानिक लक्षण हुनसक्छ । पशुहरुमा ज्वरो खोकी सास लिन गाह्रो, सुस्ती, आलस्यता, हाँच्छियु आउनु, नाक र आँखाबाट तरल श्राव, पखाला र वान्ताका लक्षण भएमा सार्स कोभिड–२ को संक्रमण हुने सम्भावना हुनसक्छ ।

कोभिड–१९ संक्रमणको वैश्विक प्रभाव

कोभिड–१९ को संक्रमण यतिधेरै तेजले फैलिएको छ, विश्वका सबै राष्ट्रहरुले यस महामारीबाट विष्टिनका लागि लांकडाउनसहित प्रतिवन्धहरु लगाए । जसका कारण जनमानसमा गहिरो प्रभाव पर्यो । हालाकी, चीनको हुवई प्रान्तको वुहान शहर कोभिड–१९ का संक्रमणको उत्केन्द्र थियो । तर त्यहाँ ७८ दिनको लकडाउनले यसलाई अगाडी फैलिन नदिएर नियन्त्रण गर्ने कोषिश गर्यो । जसको परिणामस्वरुप पनि त्यहाँ देख्न पाइयो । लुशान शहरमा अभूतपूर्व लकडाउनले कोभिड–१९ सँग विश्वभरीमा लडने विभिन्न राष्ट्रहरुका लागि एक मोडेलको रुपमा काम गर्यो ।

यसै प्रकार अन्य मुलुकहरुमा लकडाउन गर्दा पनि यसमा सफलता मिल्यो । हालाकी, जनवरी १९, २०२० लाई विश्व स्वस्थ्य संगठनले आपतकाल घोषित गर्यो । यस प्रकारले हेरियो भने वर्ष १९१८–०१९मा स्पेनिस फ्लुले करोडौं मृत्युको तुलनामा कोभिड–१९ को संक्रमणका लागि लगाइएको लकडाउनले मृतकहरुको संख्यालाई नियन्त्रण गरेको छ । यसका साथै उद्योग, कलकारखाना, यातायात क्षेत्रबाट हुने पर्यावरणीय प्रदुषण नियन्त्रित गरेर त्यसबाट हुने मृत्युको डरलाई पनि कम गरेको छ । वेशक पशु चिकित्सा तन्त्रलाई कम आँकलन गरिँदै आइएको छ ।

तर संसाधनहरु एव जनशक्तीको कमी हुँदा पनि पशु चिकित्साकर्मीहरुले कोभिड–१९ महामारीसँग जुद्दै पुरा निष्ठा एवं लगनले आफ्नो कर्तव्य बहुउदेश्यीय कार्यकर्ताको रुपमा निर्वाह गरेका छन् । महामारीको दोश्रो लहरमा आफ्नो सेवाहरुसहित जनसाधारणको साथ उभिएका छन् । पशुहरुसँग सन्वन्धीत अफवाहहरु निरुपण गर्नु, पशु स्वास्थ्यकर्मीहरुको पशु सेवा पशुहरुमा रिन्माकरण, पशुपालकहरुको आर्थिक स्थिति सुदृढिकरण जनहित योजना कार्यान्वयन, नागरुपकता शिविर सञ्चालन पशुहरुमा महामारी बेला उपचार सेवा पुर्याउने रोगी पशुहरुको उपचार। पशुहरुलाई आहारीय व्यवस्था, पशुधन उत्पादनलाई प्रोत्साहन, शहरी क्षेत्रमा आहार व्यवस्थामा सहयोग कोभिड–१९ निदानमा सहयोग र भविष्यको महामारीको रोकथाम अर्थ व्यवस्थामा सहयोग मानसिक दशा सुर्धान सहयोग भयो । कोभिड–१९ महामारीको बेला हरेक ठाउँमा हालत यस्तो थियो कि सबै आफुलाई नै बनाउन लागेका थिए र छन् ।

अर्कोतिर पशु चिकित्साकर्मीहरु पशुपालकहरुको साथ काँधमा काँध मिलाएर उभिएका देखिन्छन् । जनसाधारणका लागि दुध, फूल, मासुजस्ता खाद्य पदार्थहरुको आपूर्तिमा सहयोग पुर्याएका छन् र एक विश्व एक स्वास्थ्य परिकल्पनालाई परिपूर्ण गर्दैछन् । अन्त्यमा यहि भन्न सकिन्छ कि विश्वव्यापी कोभिड–१९ महामारीको युद्ध जित्नका लागि मानव एव पशु भलाईका लागि यदि भन्न सकिन्छ, आफु पनि बचौं, अरुलाई पनि वचाऔं । हामीलाई गर्व छ कि वैश्विक कोभिड–१९ महामारीको यस संकटकालमा पशु चिकित्साकर्मीहरु पशु एवं मानव स्वास्थ्यका लागि सदैव अग्रणीपंक्तिमा जनसाधारणका साथ उभिएका छन् । यस कठिन दौडमा अदृश्यरुपमा काम गर्ने पशु चिकित्साकर्मीहरुलाई कोरोना योद्धा भन्नु गलत नहोला । सम्पूर्ण पशु चिकित्साकर्मीमा नमन । (लेखक प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)