Loading... आजः २८ बैशाख २०७८, मंगलवार

आईपिएल: आज हैदराबाद र मुम्बई भिड्ने

आईपिएल: आज हैदराबाद र मुम्बई भिड्ने

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज सनराइजर्स हैदराबादर  मुम्बई इन्डियन्स भिड्दै छन्।

खेल नेपाली समय अनुसार  साझ ७ः४५मा सुरु हुनेछ । हैदरावादले सात खेलमा एक खेलमात्र जितेको छ भने चौथो स्थानमा रहेको मुम्बई इन्डियन्सले सात खेलमा चार जित हासील गरेको छ  ।

हिजो आइपीएलका कुनै खेल भएन । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुने भनिएको म्याच कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण पाइएपछि रद्द गरिएको थियो ।