Loading... आजः १ असार २०७८, मंगलवार

सांसद पद गुमाएपछि सर्वोच्च पुगेका जसपा नेताको रिट फिर्ता

सांसद पद गुमाएपछि सर्वोच्च पुगेका जसपा नेताको रिट फिर्ता

काठमाडौं । सांसद पदबाट पदमुक्त भएका जनता समाजवादी पार्टीका चार नेताले दिएको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ । पार्टी र प्रदेशसभाको उक्त निर्णयको विरुद्धमा जसपा नेताहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे सर्वोच्चमा रिट लिएर पुगेका थिए ।

कोरोना महामारीका कारण सर्वोच्च अदालतले वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण र कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमात्र दर्ता हुने भन्दै जसपाका चार नेताले दिएको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको हो ।

सहरजिस्ट्रार बाबुराम दाहालले अदालतको नियमित काम कारबाही र सेवा सञ्चालन भएको बखत निवेदन लिई आएमा दर्ता हुन सक्ने भन्दै हाललाई रिट फिर्ता हुने आदेश दिएका हुन् । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएपछि जनता समाजवादी पार्टीका चार नेतालाई पार्टीले निष्कासन गरेको जानकारी प्रदेशसभालाई दिएपछि उनीहरुले सांसद पद गुमाएका थिए ।