Loading... आजः ५ असार २०७८, शनिबार

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

२७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा थिए ।

मृत्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुष छन् । वैशाख १७ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका उनलाई १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।

उनको १८ गते अपराह्न साढे ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा नै बैजनाथ गाउँपालिका २ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो । वैशाख १७ गते पीसीआर परीक्षण गरिएकोमा उनलाई कोरोना पुष्टि भएको थियो । शनिबार साँझ ६ बजे उनको मृत्यु भएको हो ।

यसबाहेक मृत्यु हुनेमा खजुरा गाउँपालिका ३ बाँकेका ५५ वर्षीय पुरुष र कोहलपुर नगरपालिका ११ बाँकेका ४० वर्षीया एक महिला रहेकी छन् ।

जसमध्ये ५५ वर्षीय पुरुषको जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसनमा मृत्यु भएको हो भने महिलाको नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जनाएको हो ।