Loading... आजः १ जेष्ठ २०७८, शनिबार

कारभित्र तीन बालक मृत भेटिए

कारभित्र तीन बालक मृत भेटिए

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेडको कारमा मृत अवस्थामा फेला परेका तीन जना बालकाको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत फेला परेका बालकहरु तुलसीपुर–६ बरुवागाउँका भिमबहादुर परियारका नौ वर्षीय छोरा किरण, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवास भन्ने सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बैशाख १६ गते कार्यालयमा दुईजना बालक हराएको भन्ने निवेदन परेको थियो । ‘१६ गते हामीकहाँ २ जना बालक हराएको भन्ने निवेदन आएको थियो,’ डिएसपी सिंहले भने, ‘अहिले उनीहरु यसरी गाडीमा मृत अवस्थामा फेला परे । घटनाबारे थप अनुसान्धान भइरहेको छ ।’ मृत बच्चा भेटिएको गाडी लक भएको समेत प्रहरीले जनाएको छ ।

तीनजना बालक एउटै कारभित्र मृत अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न बाँकेबाट कुकुरसहितको विशषेज्ञ टोली तुलसीपुर पुगेको छ । पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको आरजे ०१ सीसी ०८८५ कारभित्र शनिवार साँझ तीनजना बालक मृत फेला परेको थियो । प्रहरीले शवलाई पोष्टमार्टमका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको छ ।