Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार
कोरोना कहर

कोभिड–१९ को महामारीमा कसरी सुरक्षित रहने पशु चिकित्साकर्मी ?

कोभिड–१९ को महामारीमा कसरी सुरक्षित रहने पशु चिकित्साकर्मी ?

विश्वव्यापी कोभिड–१९ महामारी हालसालै पत्ता लागेको आरएनए नोबेल कोरोना भाइरसको संक्रमणका कारण हुन्छ । जुन अहिले पनि तीव्र गतिमा मानिसबाट मानिसमा फैलिराखेको छ । यस भाइरसको ७५ देखि ८० प्रतिशत जिनोम सार्स भाइरसको जिनोमसँग मिल्दोजुल्दो र यसको जस्तै लक्षण उत्पन्न गराउँछ, जसका कारण यस भाइरसलाई सार्स कोरोना भाइरस–२ पनि भनिन्छ ।

मानिसमा रोगको लक्षण

कोविड–१९ रोगको कारण मानिसहरुमा स्वास नलीमा संक्रमण भएमा ज्वरो आउने, खोकी लाग्ने, घाँटीमा खसखस हुने टाउको दुख्ने सामान्य लक्षण देखिन्छ । यसपछि रोगीलाई सास लिन गाह्रो या तीव्र गतिमा सास चल्ने, खोकी लाग्नेजस्ता लक्षण देखिन्छ । जुन प्रायजसो केटा केटीहरुमा बढी देखिन्छ । तर प्रौढहरुमा भने धेरैजसोमा ज्वरो आउने र सास सम्बन्धी लक्षण मात्र देखिन्छ ।

यदि यो स्थिति केटाकेटीमा भयो भने तीनलाई खोकी लाग्ने, आमाको दुध चुस्न तथा पेय पदार्थ पिउन असमर्थ हुने, शारीरिक थकाई शिथिलता तथा तीव्र स्वासको गतिजस्ता लक्षणहरु देखिन्छ । रोगीको शारीरिक स्थिति अझ गम्भीर भएमा एकयुट रेस्पायरेटरी डिस्टे«स सिन्ड्रोम हुन जान्छ । रोगीको स्थिति बिग्रेमा उसको शरीरको अन्य अंगहरु प्रभावित हुन थाल्दछ ।

वयस्कहरुमा मानसीक स्थीरता भङ्ग हुनु, सास फेर्न गाह्रो हुनु, मुत्र बिर्सजनमा कमी, तेज हृदय गति या न्युन रक्तचाप इत्यादि सम्मिलित छन् । त्यसैगरी केटाकेटीहरुमा तापमान तथा स्वेत रक्तको कणीकाहरुको संख्यामा असमानता देखिन्छ । अत्याधिक गंभीर अवस्थाको बेला वयस्कहरु उच्च रक्तचाप बनि रहिरहनु, तथा केटाकेटीहरुमा मानसीक भम्र तथा उच्च रक्तचापको लक्षण देखिन्छ ।

रोगबाट बचाउ

कोवीड १९ को संक्रमणका कारण मानीसमा तीव्र गतिमा संकमण हुन्छ, तर तथ्याङ्ग अनुसार मृत्युदर भने कम हुन्छ भनिन्छ । तर यसपटकको महामारीको प्रकृति हेर्दा भने चिकित्सा विज्ञान भनेजस्तो टेस्ट बुक टेल्सलाई ृतभहत दययपक तभििक ष्भिे होलाजस्तो छ । कुनै पनि व्यक्तीले यस महामारीलाई हल्का रुपमा लिनुहुँदैन । निति निर्माता एवं नियमनकारी निकायले पनि अझ सेवा प्रवाही निकायको भुमीका महत्वपूर्ण हुन जान्छ ।

किनभने विश्वमा कोभिड १९ को भइरहेको परिक्षणमा अलाक्षणीय विरामीहरुको अनुपात धेरै संख्यामा पाइएको छ । यस्ता ब्यक्ति धेरैजसो प्रौढहरु देखिएका छन् । यस रोगको संक्रमणबाट बच्नका लागि फेस माक्स लगाउनुका साथै एक अर्काबाट २ मिटर टाढा, पटकपटक कम्तीमा २० सेकेन्डसम्म हातहरु साबुन पानीले धुने, आवश्यक परेमा हातहरुमा पन्जा लगाउने भीडभाड हुने ठाउँमा जानबाट बच्ने, अफवाहरुतिर ध्यान नदिने इत्यादिबाट बचाउ सम्भव छ ।

पशुहरुमा कोभिड-१९

हालाकी डिसेम्वर २०१९ को अन्तमा मानिसहरुलाई प्रभावित गर्ने यस रोगले पशुहरु खासगरि कुकुर, बिरालो, बाघहरुलाई संक्रमित गराएको केहि प्रमाण अवश्य पाइएको छ । तर अहिलेसम्म पशुहरुबाट मानिसहरुमा फैलिएको कुनै प्रमाण भेटिएको छैन । तर पशुहरुमा अन्य धेरै किसिमका कोरोना भाइरस अवश्य छन् ।

जुन सजिलै पशुहरु तथा मानिसहरुलाई प्रभावित गर्दै आएका छन् । त्यसैले यो ध्यान दिन योग्य कुरा छ कि कोभिड–१९ संक्रमित रोगीहरुले पशुहरुको संम्पर्कमा आउनबाट बच्नुपर्छ । अन्यथा यस भाइरसले पशुहरुमा प्रवेश प्रात आनुवांशीक परिवर्तन भई गम्भीर उपभेद उत्पन्न हुने सम्भावनालाई नर्कान सकिन्न ।

पशु स्वाथ्यकर्मीहरुको पशु सेवा

पशुहरुमा कोरोना भाइरसको संक्रमण एंवम् यस महामारीको बेला पशुपालकहरुलाई हुन सक्ने समस्याहरुलाई कम गर्नका लागि पशु स्वाथ्यकर्मीहरुको विशेष भूमिका रहेको छ । जुन विश्वव्यापी माहामारी कालमा पनि बेजुवान पशुहरुको सेवा गरेर पशुपालकहरुलाई पूर्ण सहयोग गर्दछन् । बेशक अहिलेसम्म कुनै पनि पशु स्वाथ्यकर्मीहरुलाई यस रोगको संक्रमण भएको रिर्पोट भेटिएको त छैन, तर उचित बचाउका उपाय अवलम्वनमा हेलचेक्रयाई नगर्दा नै बेस ।

पशु स्वाथ्यकर्मीहरुको पशुपालक प्रेम

यस कठिन बेलामा पनि पशुपालकहरुको सेवाका लागि तीनको पशुधन उत्पादनहरुलाई प्रोत्साहित गरिराखेका छन् । हालाकी ग्रामीण क्षेत्रमा पशुहरुका लागि हरियो घास आहाराको दुःख परेको छैन तर दाना मिश्रणको लागि उनीहरुलाई बजारमा भर पर्नुपर्ने हुन्छ । जहाँ तीनलाई सजिलैसँग कोभिड–१९ को संक्रमण हुने खतरा छ र तीनको सम्पर्कमा आउनले पशु स्वाथ्यकर्मीलाई पनि यस रोगको चपेटामा आउन सक्ने जोखिम छ ।

त्यसैले पशुपालकहरुले पनि जुनबेला पनि घर बाहिर निस्कनु परेमा फेस माक्स लगाउनुपर्ने हुन्छ , बजारमा किनमेल गर्दा एक अर्काबाट २ मिटर टाढा बस्ने बिभिन्न सतहहरु छुनबाट बच्ने, बेलाबेलामा आपmनो हातहरु साबुन पानीले धुने तथा हातहरुमा हैण्ड सेनिटाइजर लगाउँदै रहने, एक अर्काको हात मिलाएर अभिवादन गर्नुको साटो दुई हात जोडेर प्रणाम गर्ने वा हात उठाएर अभिवादन गर्ने ।

यसैगरि पशु स्वाथ्यकर्मीहरुले पनि माथि उल्लेखित कुराहरु अनुशरण गर्नुपर्ने हुन्छ । यो तथ्य छ कि ‘हिजो जिउँदो थियौँ त्यसैले त आज छ, आज भए पो भोलि रहौला नत्र भोलि कसले देख्यो कि बाँची रहौँला ।’

पशु स्वाथ्यकर्मीहरुको कोभिड–१९ माहामारी विपद् प्रबन्धन

यद्यपी बेलाबेलामा विभागीय प्रशिक्षणहरुको माध्यबाट पशु स्वाथ्यकर्मीहरुलाई विभिन्न प्रकारका संक्रामक रोगहरुबाट बच्न विपद व्यवस्थापनको प्रशिक्षण दिइने गरिन्छ । तर पनि कोविड–१९ महामारीको यस बेलामा पशुचिकित्साकर्मीले आफुलाई बचाउँदै पशुपालकहरुको हितमा पशु आपदा प्रबन्धनमा निम्नलिखित कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

पशु चिकित्साकर्मीहरुले सम्भव भएसम्म व्यक्तिगत सुरक्षा उपकरण पिपिई लगाएर मात्र पशुपंक्षीहरुको सम्पर्कमा जाने सो सम्भव एवम् व्यवहारिक नभए कम्तीमा फेसमाक्स, सर्जिकल पन्जा, डागरी वा एप्रोन, बुट अनिवार्य लगाउने सम्भव भएसम्म उपयोगपछि यी सामाग्रीहरुलाई साबुन पानीले धोएर निसंक्रमित गर्ने गर्नुपर्छ ।

पटकपटक मनतातो पानी पिउने, आफ्नो पशुलाई उपचार गराउन ल्याउन पशुपालक कृषकलाई एकएक गरी चिकित्सालय हातमा ल्याउन दिने र सो पशुको उपचारपछि मात्र अर्को पशुलाई प्रवेश गर्न दिने एउटा उपचारधिन पशुसँग कमसेकम मानिसहरुको भीडभाड हुन नदिने, पश्पालकहरु पशु चिकित्सालय हातामा प्रवेश गरिसकेपछि तीनको हातहरुमा हैण्ड सेनिटाइजर अनिवार्यरुपमा लगाउने गर्नुपर्छ ।

पशु चिकित्सालय भित्रि हातामा नियमितरुपमा रोगाणू बिषाणु नाशक औषधी झोल छर्किने, पशु चिकित्सालयमा हात धुनका लागि साबुन पानीको उपयोग पटक पटक गर्ने र हैण्ड सेनिटाइजरलाई आपmनो हातमा लगाउने, पशुपालकहरु आफू स्वयम् तथा स्टाफहरुलाई पशु चिकित्सालयको भित्ताहरु एवम् अन्य बस्तुहरु छुन निषेध गर्ने गर्नुपर्छ ।

पशुपालकहरुलाई कुरा गर्दा २ मिटर टाढा अनिवार्य राख्ने यदि कुनै कारणबश पशुपालकहरुसँग कुर्सीमा बसेर कुराकानी भयो भने ती कुर्सीलाई पशुपालक किसान जाने बिञ्किै जिवाणुरहित निसंक्रमण अनिवार्यरुपमा गर्ने, पशु चिकित्सालयमा आएका पशुहरु छुनुभन्दा पहिले र पछि सावुन पानीले हातहरु अनिवार्य धुने तथा हातहरुमा सेनिटाइजर अवश्य लगाउने गर्नुपर्छ । लकडाउनका कारण किसानहरुलाई आर्थिक मन्दीजस्तो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ ।

त्यसैले यस्तो बेलामा तीनको पशुहरुको उपचारमा पनि आर्थिक समस्यालाई पनि अवश्य ध्यानमा राख्नुपर्ने हुन्छ । यदि पशुपंक्षी उपचारका लागि कृषकको घरदैलोमा जानैपरे अनिवार्यरुपमा सावधानी अपनाउने र अनावश्यक अरु मानिसहरुसँग भेटघाट गर्नुहुँदैन । पशु चिकित्सालयको काम सकेर घर पुग्नुभन्दा पहिले घरमा फोन गर्नुपर्छ ।

फेन गरेर घर आइपुगेको सूचना दिने र घरमा प्रवेश गर्नुभन्दा पहिले आफनो सामान इत्यादिलाई बाहिर राखेर जिवाणुरहित गर्ने र नुहाउनुका लागि बाथरुममा जानेबेला घरको ढोका चुकुल इत्यादि सामान न छुने तथा नुहाउनुभन्दा पहिले सावुन पानीले आफ्नो हातहरुलाई कमसेकम २० सेकेण्डसम्म अनिवार्य धुने, आफ्ना लुगाहरुलाई एउटा बाल्टिनमा डिटरजेन्टयुक्त पानीमा राख्नुपर्छ ।

नुहाइ सकेपछि फेरी आफ्नो हातमा हैण्ड सेनेटाइजर लगाउने र केही समयपछि मात्र परिवारका सदस्यसँग भेटघाट गर्ने, रोगको सम्भावना भएको परिस्थितिमा आफ्नो परिक्षण अवश्य गराउनुपर्छ । अन्त्यमा यतिमात्र भन्न सकिन्छ, यस बिश्वब्यापी कोभिड १९ को महामारीसँग युद्ध जित्नका लागि आफु पनि बच्नुस्, अनि अरुलाई पनि बचाउनुस् । नडराउनु कोरोनाको वारदेखि, सम्झनुस् कोरोनाको वारलाई फेस माक्स र सावुन पानीले निष्कृय गरौं कोरोनाको प्रहारलाई । जय पशुधन ।

(लेखक प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)