Loading... आजः ५ असार २०७८, शनिबार

सरकारद्वारा जसपाका १२० जनाको मुद्दा फिर्ता

सरकारद्वारा जसपाका १२० जनाको मुद्दा फिर्ता

काठमाडौं । सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको छ । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् ।

उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जानेसमेत जनाएका छन् । जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको सञ्चार मन्त्री गुरुङले जानकारी दिएका छन् ।