Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

भेरी अस्पताल, नेपालगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पताल, नेपालगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

बाँके । भेरी अस्पताल, नेपालगञ्जमा मंगलबार दुई जना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले नेपालगञ्जका दुई जनाको भेरीमा मृत्यु भएको बताए।

वैशाख ८ गते पीसीआर गरेपछि ९ गते भेरीमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ का ३९ वर्षीया महिलाको राति १०:३० बजे मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का ६५ वर्षीय पुरुषको राती २३० बजे मृत्यु भएको छ। चैत्र ३२ गते पीसीआर जाँच गरेका पुरुषलाई वैशाख ६ गते भेरीमा भर्ना गरिएको थियो।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ जना पुगेको छ।