Loading... आजः ५ असार २०७८, शनिबार

कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि कोहलपुरमा आजदेखि लकडाउन

कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि कोहलपुरमा आजदेखि लकडाउन

बाँके । कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि लकडाउन गरिएको छ ।

कोहलपुर नगरपालिका स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले आज राति १२ बजेदेखि बैशाख १९ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको अवधिमा नगरपालिका क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य कुनैपनि कार्य गर्न नपाइने जनाइएको छ ।

यता संक्रमण समुदाय स्तरमा फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकामा बैशाख ९ देखि १५ गतेसम्मका लागि लकडाउन गरिसकेको छ ।