Loading... आजः १ असार २०७८, मंगलवार

सुदुरपश्चिम, कर्णाली तथा गण्डकीमा मेघ गर्जनसहित पानी पर्ने

सुदुरपश्चिम, कर्णाली तथा गण्डकीमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । आज दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आशिकदेखि सामान्य बदली रहने र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदुरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले काठमाडौंको मौसम सामान्यतया सफा रहे पनि दिउँसोपख आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ९ दशमलब ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३३ मिनेटमा हुनेछ ।