Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा

काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहितका स्थानमा पानी परिरहेको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी, बागमती र प्रदेश २ मा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पानी पर्ने क्रम केही घण्टापछि रोकिने अनुमान छ । विहान पौने छ बजे गरिएको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर पानी परेको छ ।

‘पश्चिमी वायुको सिस्टमको मुभमेन्ट छिटो छ र यो पूर्वउत्तरतिर सरिरहेकाले केहीबेरमै पानी पर्ने क्रम रोकिन्छ,’ मौसमविद प्रतिभा मानन्धरले भनिन् ।

मौसमविदक अनुसार आज दिनभर देशैभर बादल लाग्ने र पानी पर्ने क्रम चल्ने सम्भावना छ । पश्चिम क्षेत्रमा भने भोलि पनि मौसम बदलीसँगै वर्षाको पनि सम्भावना छ ।

अहिले प्रिमनसुन अवधि भएकाले केही स्थानमा हावाहुरी र चट्याङ् समेत पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।