Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आजपनि बस्दैछ ।

मंगलबारदेखि शुरु भएको स्थायी कमिटी आज दिउँसो १ बजे बस्नेगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाइएको छ ।

आजको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिर्पोटिङ गर्नेछन् भने स्थायी कमिटी सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टीको विधान संशोधन संशोधन, वर्तमान सरकारलाई दिएको समर्थन लगायतका विषयमा पनि छलफल हुने नेता श्रेष्ठले बताए ।