Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

खप्तड छान्ना गाउँपालिकामा चैते अष्टमीको सार्वजनिक बिदा

खप्तड छान्ना गाउँपालिकामा चैते अष्टमीको सार्वजनिक बिदा

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकामा चैते अष्टमीको अवसरमा सार्वजनिक बिदा हुने भएको छ ।

चैते शुक्ल अष्टमीका दिन मनाउदै आएको चैते अष्टमी पर्वको अवसरमा गाउँपालिकाले मङ्गलबार सार्वजनिक बिदा दिएको हो ।

खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले यहि मिती २०७८ बैसाख ५ गतेको गाउँकार्यपालिकाले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूचना गरिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष रोकायाका अनुसार गाउँपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ ।

साथै गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नेपालमा पुन ः फैलिएकाले स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्नुका साथै सामाजिक दुरी कायम गरी, भिडभाडमा नजान समेत आग्रह गरेको छ ।