Loading... आजः ५ असार २०७८, शनिबार
लुम्बिनी प्रदेशमा हलचल

नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

उनीहरु चारै जना जसपाका सांसद हुन् । सोमबार सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनःगठन गरेका हुन् । सोमबार आफुविरुद्ध ४१ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेको केही बेरमै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदहरुलाई मन्त्रीमा समेटेका हुन् ।

अविश्वास प्रस्ताव दर्ता भएपछि माओवादीका दुई जना मन्त्रीले सोमबारै राजीनामा गरेका थिए । माओवादीका कुलबहादुर केसी र सुदर्शन बरालले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले जसपाका सांसदलाई मन्त्री बनाएका हुन् । विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझीले अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका छन् ।